२६ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए माथिको प्रतिशोध र हस्तक्षेपले संवैधानिक मर्यादा ध्वस्त: नेकपा एमाले

नेपालब्रिटेन डट कम्
९ बैशाख २०८१, आईतवार २०:३३

“सेटिङ मिलाउन अदालत माथि दबाब”

लण्डन । नेकपा एमालेले गैरआवासीय नेपाली संघ (एनआरएनए) माथि प्रतिशोध र हस्तक्षेपले संवैधानिक मर्यादा ध्वस्त भएको ठहर गरेको छ ।

नेकपा एमालेको १० औँ महाधिवेशन प्रतिनिधि परिषदको वैठकमा अध्यक्ष केपी शर्माद्धारा प्रस्तुत प्रतिवेदनमा सो विषय उल्लेख गरिएको छ ।

राजनीतिक प्रतिवेदनको १९ औं पृष्ठमा ‘निहित स्वार्थ पूर्तिका लागि सेटिङ मिलाउन अदालत माथि दिइएका दबाब, रेडक्रस, गैरआवासीय नेपाली संघ, स्काउट जस्ता गैरराजनीतिक संस्थामाथि गरिएका प्रतिशोध र हस्तक्षेप आदिले राज्यका अंग र संस्थाहरुको संवैधानिक मर्यादा तथा गरिमालाई ध्वस्त बनाउँदै लगेको’ उल्लेख छ ।

प्रतिवेदनमा ‘सत्ता संरक्षित तस्कारी, संगठित अपराध र भ्रष्ट्राचार भयावह बस्दै भयो । त्यस्ता आपराधिक काममा सरकारकै कतिपय मान्छे संलग्न हुने मात्र होइन्, सिङगो राज्यसंयन्त्रलाईनै त्यस्ता काममा प्रयोग गर्ने प्रयास भएको’ उल्लेख छ ।

ओलीले आफ्नो प्रतिवेदनमा ‘नागरिकता संशोधन विधेयक प्रमाणीकरणका क्रममा गरिएको जालझेल रग गंभीर अपराधमा संलग्नहरुलाई आममाफी दिन राष्ट्रिपति संस्थाको दुरुपयोग, आफू अनुकुल काम नगरेपछि तत्कालिन प्रधानन्यायाधीशसँग प्रतिशोध साँध्न प्रयोग गरिएको महाअभियोग प्रस्ताव, निहित स्वार्थ पूर्तिका लागि सेटिङ मिलाउन अदालत माथि दिइएका दबाब, रेडक्रस, गैरआवासीय नेपाली संघ, स्काउट जस्ता गैरराजनीतिक संस्थामाथि गरिएका प्रतिशोध र हस्तक्षेत्र आदिले राज्यका अंग र संस्थाहरुको संवैधानिक मर्यादा तथा गरिमालाई ध्वस्त बनाउँदै लगेको’ उल्लेख गरेका छन् ।